विश्वभर ३ करोडभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमण मुक्त – Kanika Khabar
Sunday, January 18Nepali News Portal

विश्वभर ३ करोडभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमण मुक्त

    मा प्रकाशित

कनिका खबर
कार्तिक ४, दाङ
विश्वभरका ३ करोडभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमण मुक्त भएका छन् । अर्थात कुल सङ्क्रमितको ७४ प्रतिशत व्यक्तिले कोरोनालाई परास्त गरेका छन् । अहिले सम्म ४ करोड ६३ लाख ५ हजार २९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ३ लाख ४७ हजार ६३४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३४ हजारभन्दा बढी सङ्क्रमण थपिएका छन् भने २ लाख ३९ हजार २५४ जना निको भएर घर फर्किएका छन् । यस्तै एकै दिन थप ४ हजार ३८९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमितले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख २२ हजार ७५८ पुगेको छ । सबैभन्दा धेरै सङ्क्रमित भएको अमेरिकामा सङ्क्रमितको संख्या ८४ लाख ५६ हजार ६५३ हजार पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्