काभ्रेमा चाडपर्व सुरक्षा योजना, आठ स्थानमा यात्रु सहायता कक्ष – Kanika Khabar
Friday, September 11Nepali News Portal

काभ्रेमा चाडपर्व सुरक्षा योजना, आठ स्थानमा यात्रु सहायता कक्ष

    मा प्रकाशित

कनिका खबर
कात्तिक ४, काभ्रे
जिल्ला ट्राफिक कार्यलय काभ्रेले नजिकिँदै गरेको दशैँ र तिहारमा हुने आपराधिक क्रियाकलापदेखि अन्य कुराहरुलाई मध्येनजर गरी सुरक्षाका योजना बनाएको छ । अरनिको र बीपी राजमार्ग रहेको काभ्रेमा प्रहरीले राजमार्ग लक्षित गरेर आठ स्थानमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडे्लले धुलिखेल चेकपोष्ट, मंगलटार चेकपोष्ट, बनेपा टिकट काउन्टर, पनौती बसपार्क, पाँचखाल चेकपोष्ट, भकुण्डेबेशी चेक पोष्ट, साँगा बनेपा प्रहरी चेकप्वाईन्ट र काभ्रेभञ्ज्याङ चेकप्वाईन्टमा स्थापना गरिएको जानकारी दिनुभयो । चाडपर्वमा यात्रुहरुसँग तोकेभन्दा बढी भाडा लिने, सवारी साधनले यात्रुलाई बीच बाटो मै अलपत्र छाड्ने, चोरी, लुटपाट, डैकती लगायत अन्य अपराधिक घट्ना हुनबाट रोक्न नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको पौडेलले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्