शासकहरु भारतनिर्भर भएका कारण राष्ट्रियतामा खतरा : के.सी. – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

शासकहरु भारतनिर्भर भएका कारण राष्ट्रियतामा खतरा : के.सी.

    मा प्रकाशित

कनिका डेस्क
बैशाख ३०, दाङ ।
२००७ सालपछि नेपालमा देखिएका शासकहरु भारतनिर्भर भएका कारण नेपालको राष्ट्रियता कमजोर भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी.ले दावी गरेका छन् ।

जवाहारलाल नेहरुले पहिले नै तीनवटा राजन्त्रात्मक नेपाल, सिक्किम भुटान हिमालाको काखमा रहेका देशलाई आफ्नो मातहतमा रहेको घुमाउरो पारामा बताइसकेका छन् । नेहरुले संसारका अगाडि हिमाल हाम्रो सीमाना हो भन्नुबाट पनि बुझ्न सकिने राष्ट्रिय जनमोर्चाका अध्यक्ष स्मरण गराए । केसीले थपे, ‘‘सिक्किम लगिहाल्यो, भुटानको अधिकांश अधिकार लगिसकेको छ अब नेपाललाई आफ्नो अधीनामा राख्नका लागि प्रयासरत छ । समयमै नेपाललाई सिक्किम र भुटान बनाउन लागिरहेको छ तर नेपालको भूगोल र जनसङ्ख्याका कारण ००७ सालपछि भारतको थिचोमिचोका विषयमा नेपाली जनताले लगातार सङ्घर्ष गर्दै आएका कारण र उत्तरतिरको शक्तिशाली देश खडा भएका कारण भारत आफ्नो योजनामा अझै सफल नभएको हो ।’’

कनिका खबरसँगको कुराकानीमा अध्यक्ष के.सीले भने, ‘‘ नेपालका शासकका कारण नै हामीले आफ्नो अस्तित्व गुमाइरहेका छौँ, नेपालको राजनीतिक अस्थिरतामा भारत खेल्दै आएको छ, संसार कोभिड १९ बाट आतङ्कित भएको बलो बाटोको उघाटन गर्नु र त्यसको सत्ताको तहबाट उचित बिरोध हुन नसक्नुले सबै कुरा छर्लङ्ग भएको छ । ’’
भारतको अतिक्रमणपश्चात सरकार तथा विभिन्न राजनीतिक दलबाट आएको आपत्ति पत्रलाई सकारात्मक रुपमा लिदै केसीले भने, ‘‘विज्ञप्ति तथा आपत्ति पत्र निकै स्वागत योग्य छन् तर यो औपचारिकतामा मात्र सीमित नरहोस् भन्ने हाम्रो कामना हो । इमान्दारी तथा राष्ट्रियताको पक्षमा जारी विज्ञप्ति प्रमाणित गर्न विज्ञप्तिमा उल्लेख भएजस्तै कदम चालेर देखाउन सक्नुपर्छ ।’’

(कनिका टिमले अध्यक्ष केसीसँग गरेको कुराकानी केहीबेरमा अन्तर्वार्ताका रुपमा प्रकाशन गर्दै छौँ ।)

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्