पुनर्निर्माण सम्पन्न भएपछि रानीपोखरीको उद्घाटन 2 – Kanika Khabar
Wednesday, March 11Nepali News Portal

पुनर्निर्माण सम्पन्न भएपछि रानीपोखरीको उद्घाटन 2

    मा प्रकाशित

कनिका खबर
कात्तिक ५, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण सम्पन्न ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ । मल्लकालीन शैलीमा पुनर्निर्मित रानीपोखरी परिसरमा आयोजित एक औपचारिक कार्यक्रममा राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गर्नुभयो । त्यसक्रममा, राष्ट्रपति भण्डारीले बालगोपालेश्वर मन्दिरमा प्राण प्रतिष्ठा पूजाको आरती लिनुभयो र पोखरीमा जल अर्पण पनि गर्नुभयो । सो अवसरमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल एवं अन्य मन्त्रीहरुले पनि विभिन्न तीर्थस्थल तथा पवित्र नदीहरुबाट ल्याइएको जल अर्पण गर्नुभएको थियो । उद्घाटनपछि शुभकामना मन्तव्य दिनुहुँदै राष्ट्रपति भण्डारीले विभिन्न समस्या र परिस्थितिसँग पौठेजोरी खेल्दै पुनर्निर्माण महाअभियानले निरन्तर गति लिएको उल्लेख गर्नुभयो र त्यसैको परिणति आज ऐतिहासिक रानीपोखरीको पुरानै शैली, स्वरुप र प्रविधिमा जीर्णोदार एवं पुनर्निर्माण सम्पन्न भएको बताउनुभयो । सो अवसरमा राष्ट्रपति भण्डारीले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडिखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको वृहत्तर गुरुयोजना सरोकारवाला पक्षसँग समन्वय गरी कार्यान्वयनमा लैजान शुभकामना दिनुभयो । उहाँले भन्नुभयो, ‘पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँबासीलाई विशाल खुलाक्षेत्र उपलब्ध हुनेछ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास, सम्पदालगायतका पुनर्निर्माणका विभिन्न क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘यही मंसिरभित्र सिंहदरबारको मख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालय सार्ने लक्ष्यसहित काम गरिरहेका छौँ । यही पौष महिनाभित्र २२ तल्लासहित धरहराको मूल संरचना सम्पन्न गर्नेछौँ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्