भक्तपुरमा कोरोना सङ्क्रमित ४५ सय नाघे, ५१ जनाको मृत्यु – Kanika Khabar
Tuesday, November 17Nepali News Portal

भक्तपुरमा कोरोना सङ्क्रमित ४५ सय नाघे, ५१ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कात्तिक ५, भक्तपुर
भक्तपुरमा आज सम्म कोरोना सङ्क्रमितको संख्या ४ हजार ६ सय ८९ जना पुगेको छ । जसमध्ये महिला २०१७ र पुरुष २६७२ सङ्क्रमित छन् । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको यो समाचार तयार गर्दा सम्म दिएको तथ्यांकअनुसार ५१ जना संक्रमितको ज्यान गएको छ । संक्रमितमध्ये १७ सय ६७ जना होम आइसोलेसनमा रहेका छन ्। जसमा महिला ७ सय ९७ र पुरुष ९ सय ७० छन् । अस्पतालमा २ सय ९२ सङ्क्रमित रहेका छन् । अस्पतालमा ३३२ जना अस्पतालमा छन् । उनीहरुमध्ये महिला १२५ र पुरुष २०७ छन् । हालसम्म ५१ सङ्क्रमतिको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा महिला १६ र पुरुष ३५ छन् । जिल्ला स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले भक्तपुुरका सबै स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङदेखि बिरामीको अवस्थासम्म अनुगमन गर्ने गरेको बताउनुभयो । अधिकांश सङ्क्रमितहरुमा लक्षण नभएको अवस्थामा होम आइसोलेनमा राखिएको उहाले बताउनुभयो । लक्षण देखिएका र जोखिमको उमेर समूहका संक्रमितहरुलाई भने अस्पतालमा राखेर उपचार गर्ने गरिएको छ । भक्तपुरमा १३ वटा अस्पतालले सङ्क्रमितहरुको उपचार गरिरहेको उहाँले बताउनुभयो । यसैबीच भक्तपुरका १३ अस्पतालले कोरोना सङ्क्रमितका लागि बेड छुट्याएकाले बेड अभाव नरहेको उहाले बताउनुभयो । १३ अस्पतालका १ सय ६८ बेड कोरोनाका लागि बनाइएका छन्। तीमध्ये ३१ बेडमा संक्रमित रहेका छन् । भेन्टिलेटर १२ र आइसीयु १९ वटा छन् । तीमध्ये ५ वटा आइसीयु बेडमा उपचार भइरहेको छ । त्यस्तै ७ वटा आइसोलेसन पनि बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । खरिपाटी, कृषि तालिम केन्द्र, तेलकोट खानेपानी, सैनिक स्कुल, सैनिक ब्यारेक गरी ७ सय ३ आइसोलेसन बेड रहेका छन् । जसमा ३ सय ६० जनालाई राखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्