कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाए – Kanika Khabar
Wednesday, April 29Nepali News Portal

कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाए

    मा प्रकाशित

कनिका खबर
कात्तिक ५, बर्दिया
कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् ।

नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोबिन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ । ८३ वर्षीय श्रेष्ठको उपचारका क्रममा काठमाडौंको अल्का अस्पतालमा मृत्यु भएको हो ।

निमोनिया र दमको समस्याबाट पीडित श्रेष्ठका दुई छोरा र चार छोरी छन् । श्रेष्ठ धादिङ बार एशोसिएशनको २०४६ सालमा स्थापना हुँदा अध्यक्ष थिए ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट ज्वालामुखी गाउँपालिका वडा नं ७ का मोहन लोहनीको आज मृत्यु भएको छ । उनको काठमाडौँ मेडिकल कलेज ९केएमसी० मा उपचारका क्रममा मृत्यु भएको हो ।

लामो समयदेखि युवा राजनीतिमा संलग्न लोहनी पूर्वमाओवादी केन्द्र निकट वाइसीएल नेपालका केन्द्रीय सदस्यसमेत बनेका थिए ।

यसैगरी तत्कालीन बसेरी गाविसका पूर्वअध्यक्ष डम्बरबहादुर ढकालको पनि कोरोनाले मृत्यु भएको छ ।

मृत्युपछि परिवारका निश्चित केही व्यक्तिले उनको अन्त्यष्टि गरेका छन् । उनको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्