काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनाले मागेको सुकुम्बासीको विवरण नदिन आव्हान गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै साम्पाङले सुकुम्बासीको लगत माग्ने निकाय सेना र प्रहरी नभएको भन्दै त्यस्तो लगत नदिन आग्रह गरेका हुन् ।
उनले आतंक सिर्जना गर्न खोजिएको भन्दै यो सरासर गलत भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्: सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला ! सुकुमबासीको लगत माग्ने निकाय होइन सेना र प्रहरी ! यो सरासर गलत छ ! आतंक सृजना गर्न खोजिएको हो !
नेपाली सेनाले सुकुम्बासीको लगत लिइरहेको विषय बाहिरिएपछि सेनाले भने विपद व्यवस्थापनका लागि लिएको जिकिर गरेको छ ।


