रियल मड्रिडले हारबाट सुरुवात ग¥यो च्याम्पियन्स लिग फुटबल – Kanika Khabar
Sunday, April 19Nepali News Portal

रियल मड्रिडले हारबाट सुरुवात ग¥यो च्याम्पियन्स लिग फुटबल

    मा प्रकाशित

कनिका खबर
कार्तिक ६, दाङ
स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा हारबाट सुरुवात गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको पहिलो खेलमा रियल, युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३–२ गोल अन्तरले पराजित भएको छ । च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम रियल घरेलु मैदानमै पराजित भएको हो । जितसँगै समूह ’बी’ को शाख्तरले महत्वपूर्ण ३ अंक जोडेको छ । र, शाख्तर समूहको शीर्ष स्थानमा रहेको छ । च्याम्पियन्स लिग अन्तर्गत नै समूह ’ए’ को खेलमा साल्जबर्ग र लोकमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्