कनिका संवाददाता
बैशाख ३०, दाङ ।
काेराेना विशेष अस्पताल बेलझुण्डी दाडकाे व्यवस्थापन समितकाे बैठकले प्रदेश तथा पायक पर्ने अन्य क्षेत्रका विरामीलाई समेत उपचारकाे व्यवस्थापन गर्ने निर्णय गरेकाे छ ।
अाज मङ्गलबार बसेकाे व्यवस्थापन समितिकाे बैठकले अस्पतालकाे उपचार व्यवस्थापनलाई व्यवस्थित बनाई सेवा प्रदानलाई अझै प्रभावकारी बनाउने निर्णय गरेकाे हाे । साथै बैठकले विरामी कुरूवा, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीकाे खानपिन तथा बसाइँकाे व्यवस्थापन गर्ने र एम्बुलेन्स तथा अत्याबश्यकीय सामग्री बाेक्ने सवारी साधानकाे व्यवस्थापन गर्ने समेत बैठकले निर्णय गरेकाे छ ।
बैठक समितिकाे संयाेजक तथा प्रदेश पाँचका अान्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीकाे अध्यक्षतामा बसेकाे थियाे ।