नेपाल प्रहरीको प्रहरी हवल्दार र जवानको उत्प्रेरण अभिवृद्धि सम्बन्धी प्रतिवेदन सार्वजनिक – Kanika Khabar
Wednesday, August 26Nepali News Portal

नेपाल प्रहरीको प्रहरी हवल्दार र जवानको उत्प्रेरण अभिवृद्धि सम्बन्धी प्रतिवेदन सार्वजनिक

    मा प्रकाशित

कनिका खबर
कार्तिक ७, काठमाडौं
नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानको मनोबलको वर्तमान अवस्था, कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्र सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । प्रहरी प्रधान कार्यालयमा हिजो एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक शैलेश थापाले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । प्रदिवेदन सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक थापाले यस अध्ययन प्रतिवेदनबाट आएका निस्कर्षले आउने दिनमा मातहत कर्मचारीलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दिशा प्रदान गरेको बताउनुभयो । सार्वजनिक भएको प्रतिवेदन प्रहरी प्रधान कार्यालय लगायत ७ वटै प्रदेशका विभिन्न १५ जिल्लामा गरिएको सर्वेक्षणका आधारमा तयार पारिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्