दसैंमा खानपान गर्दा ध्यान दिनुपर्ने पोषणविद्को सुझाव – Kanika Khabar
Sunday, March 15Nepali News Portal

दसैंमा खानपान गर्दा ध्यान दिनुपर्ने पोषणविद्को सुझाव

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, काठमाडौं

छोटो अवधिमा धेरै प्रकारका खानेकुरा खाइरहने गर्दा उल्टै स्वास्थ्यमा नकारात्मक असर पर्नेभन्दै पोषणविद्ले सचेत गराएका छन् । छोटो अवधिमा धेरै प्रकारका खाना खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने पोषणविद् डा. मनसा थापा ठकुराठीले बताउनुभयो । कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो कम खान उहाँको सुझाब छ । दसैँका वेला मांसाहारी भोजनसँगै चिल्लो र धेरै परिकार खाने चलन छ । खासगरी दसैँमा माछामासु, गुलियो पेय पदार्थ, मिठाइजन्य वस्तुहरूको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न पनि उहाँले आग्रह गर्नुभयो । कोभिड– १९ संक्रमणसँग लड्न पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । खानपानको चाडको रूपमा रहेको दसैँका वेला यसमा बढी ध्यान दिनुपर्ने हुन्छ । मासु र दही शरीरका लागि आवश्यक खाद्य वस्तु भएकाले पनि ठीक मात्रामा खान आग्रह गर्दै डा ठकुराठीले गुलियो पेय पदार्थ र मिठाइजन्य वस्तु नखानु नै उचित हुने धारणा राख्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्