आगामी महिनाहरुमा कोरोनाको समस्या झन् बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

आगामी महिनाहरुमा कोरोनाको समस्या झन् बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, दाङ
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयससले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ । उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रह पनि गर्नुभएको छ । महानिर्देशक गेब्रेयससले विश्वमा कोभिड १९ को समस्या हल भइ नसकेको, बरु कतिपय देशहरुमा अझै बढ्दै गएको भन्दै यो समस्या आगामी महिनाहरुमा संक्रमण थप बढ्ने बताउनुभएको हो । हिजो आयोजना गरिएको एक भर्चुअल बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । हालैमात्र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि हाल विश्वमा नै कोरोना भाइरसको महामारीका कारण आर्थिक समस्या उत्पन्न भइरहेको, विश्वका देशहरुले अकल्पनीय रुपमा समस्याहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्