दाङमा आज थप ४७ जनामा कोरोना संक्रमण – Kanika Khabar
Friday, January 23Nepali News Portal

दाङमा आज थप ४७ जनामा कोरोना संक्रमण

    मा प्रकाशित

कनिका खबर
कार्तिक ८, दाङ
दाङमा आज थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ४७ जनासहित दाङमा संक्रमितको कुल संख्या १ हजार ८ सय ९१ पुगेको छ । अहिलेसम्म संक्रमण मुक्त हुनेको संख्या दाङमा १ हजार २ सय ७९ पुगेको छ ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा आज दाङका ४७ जनामा संक्रमण देखिएको हो । आज संक्रमण देखिनेहरुमा घोराही, तुलसीपुर, लमही, शान्तिनगर, राप्ति र बंग्लाचुली गाँउपालिकाका नागरिक रहेका छन् । संक्रमित मध्य घोराहीका १७ पुरुष र ४ महिला गरी २१ जना रहेका छन् भने तुलसीपुरमा १३ जना पुरुष र ४ जना महिला गरी १७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
यस्तै लमहीमा ३ पुरुष र २ महिला गरी ५ जनामा संक्रमण देखिएको छ भने शान्तिनगरमा १ जना पुरुष र एक जना महिला गरी थप २ जनामा संक्रमण देखिएको छ ।
यसअघि संक्रमण मुक्त घोषणा गरिएको बंग्लाचुली गाउपालिकाका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ भने १५ जना उपचाररत संक्रमितको स्वाव परिक्षण गर्दा उनिहरुमा पुनः कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

दाङमा अहिले संक्रिय संक्रमितको संख्या ६ सय ५ जनामध्ये अधिकांश संक्रमित होम आईशोलेशनमा रहेका छन् । संक्रिय संक्रमित मध्ये लक्षणसहितका १७ जना संक्रमित कोरोना बिशेष अस्पताल बेलझुण्डीमा रहेको भने ३६ जना लमहीको आईशोलेशन बसेको र बाकी ५ सय ५३ जना होम आईशोलेशनमा बसेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्