मानवअधिकार उल्लघंनको सूचीमा परेकाहरुले पुनरावेदन गर्न सक्ने – Kanika Khabar
Sunday, May 10Nepali News Portal

मानवअधिकार उल्लघंनको सूचीमा परेकाहरुले पुनरावेदन गर्न सक्ने

    मा प्रकाशित

कनिका खबर
कार्तिक ९, काठमाडौं
मानव अधिकार उल्लङ्घनको सूचीमा परेकाहरूले आफूलाई अन्याय भएको ठानेमा राष्ट्रिय मानव अधिकार आयोगमा पुनरावेदन गर्न पाउने भएका छन् । बितेको २० वर्षमा मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ८६ जनाको नाम आयोगले ९ दिनअघि सार्वजनिक गरेको थियो । २० वर्षमा ११ सय ५५ वटा मानव अधिकार उल्लङ्घनका घटनामा कारबाहीको लागि सिफारिस गरिएका दुई सय ८६ जनामध्ये कसैले पनुरावेदन गरेमा आवश्यक अनुसन्धान र अध्ययनका आधारमा आयोगले निर्णय गर्ने आयोगका सचिव तथा प्रवक्ता वेदप्रसाद भट्टराईले  बताउनुभयो । नेपाल सरकारका पूर्व सचिवसहित १६ जना निजामती कर्मचारी, पूर्वआईजीपी कुवेरसिंह राणासहित ९८ प्रहरी, आठ जना सशस्त्र प्रहरी, ८५ जना सेना, ६५ जना माओवादीका नेता तथा कार्यकर्ता, चार जना शिक्षक, दुई जना चिकित्सक, सात जना कैदी र एक जना मानवअधिकारकर्मीको नाम पनि मानव अधिकारको उल्लङ्घन गर्नेको सूचीमा छ । यीमध्ये ३० जनालाई कारबाही भएको छ भने बाँकी दुई सय ५६ जनालाई कारबाही नभएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्