मुम्बईलाई ८ विकेटले पराजित गर्दै राजस्थान विजयी – Kanika Khabar
Tuesday, November 24Nepali News Portal

मुम्बईलाई ८ विकेटले पराजित गर्दै राजस्थान विजयी

    मा प्रकाशित

कनिका खबर
कार्तिक १०, दाङ
राजस्थान रोयल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । आबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा गयराति भएको खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बल खेल्दै मात्र २ विकेट गुमाएर पुरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । मुम्बईमाथिको जितसँगै राजस्थान १२ खेलमा १० अङ्क जोडदै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित भएको मुम्बई ११ खेलमा १४ अङ्क जोड्दै शीर्ष स्थानमा यथावत रहेको छ । गयरातिको खेलपछि यस वर्षको प्ले अफ पछिको खेल तालिका पनि सार्वजनिक भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्