काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २५२ जनामा कोरोना संक्रमण – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २५२ जनामा कोरोना संक्रमण

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, काठमाडौं
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जना गरी २५२ जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार ६८१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख १८ हजार ८४३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।

यस्तो छ विवरण

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्