च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड बराबरी – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड बराबरी

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, दाङ
च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

समूह बी अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड बोरुसिया मोनचेङ्गग्लाडवाचसँग बराबरीमा रोकिएको हो ।

समूहको पहिलो खेलमा पराजित भएको रियल मड्रिड मंगलबार राति अवे मैदानमा भएको खेलमा बोरुसियासँग २(२ को बराबरीमा रोकिएको हो ।

दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिड अन्तिम समयमा बराबरीको अवस्थामा पुगेको थियो ।

घरेलु टोली बोरुसियाका लागि ३३ र ५८औँ मिनेटमा मार्कस थुरामले गोल गरेका हुन् । १३ पटकको च्याम्पियन रियल मड्रिडका लागि ८७औँ मिनेटमा करिम बेन्जिमाले एक गोल फर्काए ।

इन्जुरी समयको तेस्रो अर्थात ९३औँ मिनेटमा कासेमिरोले गोल गरेर टोलीलाई हारबाट जोगाए ।

बेन्जिमाको गोलका लागि सहयोग गरेका कासेमिरोलाई गोलका लागि सर्जियो रामोसले सहयोग गरेका हुन् ।

बराबरीपछि रियल मड्रिडले एक अंक जोडेको छ । चार अंकसहित बोरुसिया समूहको शीर्ष स्थानमा छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्