वैशाखयता विपतमा परि ४ सय ६३ जनाको मृत्यु् – Kanika Khabar
Friday, January 23Nepali News Portal

वैशाखयता विपतमा परि ४ सय ६३ जनाको मृत्यु्

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, काठमाडौं
बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता चार सय ६३ जनाको मृत्यु भएको छ भने एक सय एक जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ । यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ । प्राधिकरणका अनुसार पहिरोमा परेर ६४ र बाढीबाट ३७ जना बेपत्ता छन् । यो अवधीमा विपदमा परेर ८०३ जना घाइते भएका छन् भने ७९ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्