पाटेबाघको आक्रमणमा दुई जनाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

पाटेबाघको आक्रमणमा दुई जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १२, बर्दिया
बर्दियामा पाटेबाघको आक्रमणमा दुई जनाको मृत्यु भएको छ ।

भारतको कर्तनियाघाट बनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने जैविकमार्ग मधुवन नगरपालिका(३ धनौरास्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुई जना स्थानीय युवाको मृत्यु भएको हो ।

खाता जैविक मार्गमा एक साताअघि घाँस काट्न गएकी स्थानीय २९ बर्षीया गंगा खत्रीको बाघको आक्रमणबाट मृत्यु भएको थियो।

मंगलबार पाटे बाघले आक्रमण गर्दा मधुवन नगरपालिका ३ का २९ वर्षीय उमेश चौधरी र २६ वर्षीय दिनेश चौधरीको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र बाग्लेले बताए ।

जैविकमार्ग नजिकै सामुदायिक वनलाई वासस्थान बनाएको पाटेबाघले मान्छे मार्न थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् ।

बाघले धमाधम मान्छेलाई आक्रमण गर्न थालेपछि बिहानको समयमा वन क्षेत्रमा प्रवेश नगर्न कार्यालय प्रमुख बाग्लेले आग्रह गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्