एक महिलामा कोरोना पोजेटिभ देखिए संगै, ललितपुरको आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल – Kanika Khabar
Saturday, April 20Nepali News Portal

एक महिलामा कोरोना पोजेटिभ देखिए संगै, ललितपुरको आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल

    मा प्रकाशित

पुल्चोकमा रहेका निदान अस्पताल र आरोग्य फाउन्डेसनमा सिल गरिएको छ ।

मंगलबार आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट एकै भवनमा रहेका अस्पतालसँगै फाउन्डेसन पनि सिल गरिएको हो ।

मंगलबार कोरोना पोजिटिभ देखिएकी महिला तराइको जिल्लाबाट काठमाडौं आएको र प्रतिष्ठानको काममा फर्कनु पूर्व शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर परीक्षण गर्न लगिएको थियो । उनलाई प्रतिष्ठानकै ड्राइभर र अर्का एक कर्मचारीले टेकुस्थित अस्पतालमा प्रतिष्ठानको एम्बुलेन्समा राखेर लगेका थिए ।

प्रतिष्ठानमा मिर्गौला फेल भएका बिरामीहरुको डायलासिस हुने गर्छ । सो प्रतिष्ठान निदान अस्पतालकै प्रांगणमा अवस्थित छ । परीक्षण गराएर फर्किएपछि ड्राइभर र अर्का एक कर्मचारी प्रतिष्ठानको नियमित काममा खटिएको कारण उक्त क्षेत्रलाई सावधानीका लागि सिल गरिएको हो ।

कोरोनाको सम्भावित संक्रमणको जोखिम कम गर्न दुई स्वास्थ्य संस्था रहेको भवनमा सिल गरिएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले अहिले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

 

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्