कनिका खबर
कार्तिक १३, हुम्ला
नुवाकोटको विदुर र वेलकोटगढी नगरपालिकामा समुदायस्तरमा तीव्र गतिमा कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ । १० गाउँपालिका रहेको नुवाकोटमा हिजोसम्म चार सय ४१ जना कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटको विदुर नगरपालिकामा मात्र १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा विदुर नगरपालिकाका ८ पुरुष र ११ जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । त्रिशूलीस्थित कोरोना परीक्षण ल्यावमा २४ घण्टामा १४ जनाको आरटी पिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । कार्यालयका अनुसार हालसम्म नुवाकोटका एकसय ८३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् भने एक जनाले मृत्यु भएको छ ।


