देहरादुनमा कुटिएका नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न नेपाली काङ्ग्रेसको माग – Kanika Khabar
Sunday, April 19Nepali News Portal

देहरादुनमा कुटिएका नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न नेपाली काङ्ग्रेसको माग

    मा प्रकाशित

कनिका खबर
काठमाडौ १४, कार्तिक।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतको देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन्।
प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ट्विटरमा मेन्सन गर्दै विद्यार्थीको तत्काल उद्धार गर्न र भारत सरकारको ध्यानाकर्षण गराउन माग गराएका छन् ।
सञ्चारमाध्यममा दसैंका दिन देहरादुनमा ५१ जना नेपाली विद्यार्थी कुटिएको समाचार आएपछि प्रवक्ता शर्माले यस्तो माग गरेको हो। ‘देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात पिटिएको घटना अत्यन्तै गम्भिर छ ।’ शर्माले लेखेका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्