कनिका खबर
काठमाडौ १४, कार्तिक।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतको देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन्।
प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ट्विटरमा मेन्सन गर्दै विद्यार्थीको तत्काल उद्धार गर्न र भारत सरकारको ध्यानाकर्षण गराउन माग गराएका छन् ।
सञ्चारमाध्यममा दसैंका दिन देहरादुनमा ५१ जना नेपाली विद्यार्थी कुटिएको समाचार आएपछि प्रवक्ता शर्माले यस्तो माग गरेको हो। ‘देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात पिटिएको घटना अत्यन्तै गम्भिर छ ।’ शर्माले लेखेका छन् ।