दाङमा पहिलोपटक मुटुको ‘एन्जियोप्लास्टि’ सेवा सुरु – Kanika Khabar
Friday, May 1Nepali News Portal

दाङमा पहिलोपटक मुटुको ‘एन्जियोप्लास्टि’ सेवा सुरु

    मा प्रकाशित

दाङ, १८ वैशाख । दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लास्टि सेवा सुरू भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. दिनेश उप्रेतिसहितको टोलीले शुक्रबार दुईजना बिरामीको एन्जियोप्लास्टि गरेको थियो । पहिलो पटक जिल्लामा यो सेवा सुरु भएसँगै हृदयघात (हर्टअट्याक) भएका विरामीहरुलाई जिल्लामै सहजै उपचार गर्न सकिने डा. देवकोटाले बताए । उनका अनुसार मुटुको रक्तनलीको उपचार दाङमा यसरी पहिलो पटक सुरु हुनु जिल्लाको स्वास्थ्य क्षेत्रकालागि एउटा उपलब्धी हो । एन्जियोप्लास्टि गरिएका बिरामीहरुको अबस्था सामान्य रहेको मुटु रोग विशेषज्ञ डा. उप्रेतिले बताए ।

यस अघि मुटुको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अबस्था रहेको थियो । अब भने यो समस्या हटेको प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले बताए । उक्त उपचारका लागि क्याथेल्याबसहित १० करोड बराबरका सामग्री ल्याईएको छ । यसरी सामग्री तयारी गरेपछि पहिलो पटक बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर देवकोटालाई ल्याएर सेवालाई सुरुवात गरिएको उनको भनाई छ ।
प्रतिष्ठानबाट केही दिन अघि एन्जोयोग्राफी सेवा दिईएको थियो । जुन निदानात्मक उपचार थियो भने आज९शुक्रबार० एन्जियोप्लाष्टि सेवा सुरु गरिएको हो । जुन उपचारात्मक रहेको छ । दाङमै यो सेवा सुरु भएपछि जिल्ला बाहिरका विरामीलाई पनि सेवा दिन सहज हुने प्रतिष्ठानका निमित्त निर्देशक प्राडा जनार्दन पन्थीले बताए । उनका अनुसार विपन्न नागरिक औषधी उपचार कोषमा सूचिकृतकालागि निवेदन समेत पठाएकाले सूचिकृत हुने वित्तिकै विरामीलाई प्रतिष्ठानबाटै थप सहजता प्राप्त हुने प्रतिष्ठानका निमित्त डिन प्राडा रमेश कडेलले बताए । हाल मुटुको उपचारकालागि एक लाख भन्दा बढि खर्च लाग्ने गरेको छ । प्रतिष्ठानमा मुटुको इको समेतको सेवा यसअघि नै सुरु भइसकेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्