चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित

    मा प्रकाशित

कनिका खबर
कार्तिक १४, दाङ

अन्तिम बलमा छक्का प्रहार गर्दै चेन्नाई सुपर किंग्सले आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।

१७३ रनको लक्ष्य चेन्नाईले चार विकेट गुमाएर अन्तिम बलमा हासिल गरेको हो ।

चेन्नाईको जितमा ऋतुराज गायकवाडले ७२ रन योगदान गरे । शेन वाटसनले १४ र अम्बाती रायडुले ३८ रन बनाए । साम कुरानले १३ र रविन्द्र जडेजा ३१ रनमा नटआउट रहे ।

१९ ओभरमा चेन्नाईको स्कोर १६३ रन थियो । अन्तिम बलमा जितका लागि १ रन आवश्यक थियो । कमलेश नगरकोटीको बलमा जडेजाले छक्का प्रहार गरेर जित दिलाए । जडेजाले ११ बलमा ३१ रन योगदान गरे ।

बलिङतर्फ पेट कमिन्सन र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले सर्वाधिक ८७ रन बनाएका थिए । शुभमन गिलले २६ रन जोडेका थिए ।

बलिङतर्फ लुंगी निग्दीले दुई विकेट लिए ।

कोलकाताका लकी फर्ग्युसन सबैभन्दा महँगा बलर बने । उनले चार ओभरमा ५४ रन खर्चिए । सबैभन्दा किफायती बलर नितिश राणा रहे । एक ओभरमात्र बलिङ गर्ने मौका पाएका उनले १६ रन दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्