कनिका खबर
कार्तिक १४, काठमाडौं
गत वर्षको दसैँको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमी देखिएको छ । कोरोना सङ्क्रमणको महामारीका कारण विगत वर्षहरुको दसैँ तिहारको समयमा हुने यात्रुहरुको आवागमन भन्दा यो वर्ष कम देखिएको हो । गत वर्ष दसैँ अघि उपत्यकाबाट ११–१२ लाखको हाराहारीमा यात्रुहरु बाहिरिने गरेको भएपनि यो वर्ष न्यून संख्यामा यात्रुहरु उपत्यका बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार यो वर्ष १ लाखले मात्रै उपत्यका छाडेका छन् । लकडाउन र त्यसअघिको अवधिमा अधिकांशले उपत्यका छोडेको र कोभिडका कारण धेरैले यात्रा नगरेकाले यो वर्ष दसैँ तिहारका लागि उपत्यका छोड्नेको संख्या न्यून रहेको उहाँले बताउनुभयो ।
मा प्रकाशित


