स्थानीय सरकारले चिया खेतीमा सहयोग नगरेको किसानको गुनासो – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

स्थानीय सरकारले चिया खेतीमा सहयोग नगरेको किसानको गुनासो

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, तेह्रथुम
तेह्रथुमका किसानले विभिन्न समस्याका कारण चिया खेतीलाई सम्हाल्नै नसक्ने अवस्था आएको गुनासो गरेका छन् । उत्पादनमा गिरावट, हरियो पत्तिको विक्री मुल्य नहुनु, मजदुर अभाव, रोगब्याधी बढ्नु, युवा पुस्ताको आकर्षण नहुनुु जस्ता कारणले चिया खेतीमा टिकीरहन समस्या भएको किसानको भनाई छ । स्थानीय सरकारले समेत चिया खेतीका लागि सहयोग नगरेपछि व्यवसायिक चिया खेतीमा लागेका किसान समस्यामा परेको सिंहदेवी चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष्ँ टेक वहादुर केप्छाकीले वताउनुभयो । स्थानीय तहले कृषि क्ष्ँेत्रका लागि बिनियोजन गरेको बजेट एक पैसा पनि चिया खेतीका लागि नदिएको किसानको गुनासो छ । जिल्लामा ३ हजार ८ सय २५ रोपनी क्ष्ँेत्रफल जमिनमा चिया र कफी खेती हुने गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्