काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडीको भाडादर कायर्म गराउन ट्राफिक प्रहरी सक्रिय – Kanika Khabar
Monday, April 13Nepali News Portal

काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडीको भाडादर कायर्म गराउन ट्राफिक प्रहरी सक्रिय

    मा प्रकाशित

कनिका खबर
कार्तिक १६, काठमाडौं
काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडिको भाडादर कायम गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । बढी भाडा लिने चालकलाई पाँच हजार रूपैयाँसम्म जरिवाना गर्न लिन थालिएको छ भने स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पूरा गराउन थालिएको छ । लकडाउनका बेला सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्न दिँदा भाडा भने ठीक ५० प्रतिशत बढाउन भनेको थियो । तर अहिले लकडाउन नभएको बेलामा समेत बढि भाडा लिंईदै आएको छ । सार्वजनिक सवारीमा पुरानो भाडादर राख्न लगाउने र बढी भाडा लिनेलाई कारबाही गर्न थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले सीआईएनसँग बताउनुभयो ।

कोभिडको वाहानामा सार्वजनिक यातायातले शुल्कमा उपभोक्तालाई ढग्ने गरेको गुनासो आउन भने छाडेको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्