स्थानीय सरकारले धानको समर्थन मूल्यमा धान खरिद गर्दै – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

स्थानीय सरकारले धानको समर्थन मूल्यमा धान खरिद गर्दै

    मा प्रकाशित

कनिका खबर
कार्तिक १६, काठमाडौं
स्थानिय सरकारहरुले धानको समर्थन मुल्य कार्यान्वयनमा ल्याएका छन् । संघीय सरकारले तोकेको समर्थन मूल्य अनुसार उपचोक्ताबाट धान किन्न थालेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेका साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयन गरेका छन् । नगरपालिकाले सहजीकरण गरेपछि नगरभित्रका साना किसान सहकारीहरु सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न तयार भएको नगर प्रमूख बासुदेव घिमिरेले  जानकारी दिनुभयो । संघीय सरकारले चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैंयाँ र मध्यम धानको प्रतिक्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्