कामको प्रभावकारिताबारे नुवाकोटमा सेवाग्राहीको धारणा बुझ्न सर्वेक्षण सुरु – Kanika Khabar
Saturday, June 6Nepali News Portal

कामको प्रभावकारिताबारे नुवाकोटमा सेवाग्राहीको धारणा बुझ्न सर्वेक्षण सुरु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १६, नुवाकोट
नुवाकोटमा कामकारवाहीको प्रभावकारिताका सम्वन्धमा धारणा बुझ्न जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीसँग सर्वेक्षण लिन थालेको छ । प्रशासन कार्यालयबाट हुने काम कारबाहीका विषयमा पहिलो पटक सेवाग्राही सन्तुष्टि सर्वेक्षण फारम भरेर तथ्याङ्क सङ्कलन सुरू गरेको हो । कार्यालयबाट हुने दैनिक सेवा प्रवाहका विषयमा सेवाग्राहीबाट सन्तुष्टि सर्वेक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो । कार्यालयबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउनका लागि सेवाग्राही सन्तुष्टि सर्वेक्षण थालिएको ढकालको भनाइ छ । कार्यालयमा भइरहेको सेवाका सम्बन्धमा सेवाग्राहीको सन्तुष्टिको स्तरमापन गर्न र सेवा प्रवाहमा सुधार गर्न पृष्ठपोषण प्राप्त गर्ने अभिप्रायले सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम लागू गरिएको उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्