हालसम्म ७८ जना भेन्टिलेटरमा र २८३ जना संक्रमित आईसीयूमा उपचाररत – Kanika Khabar
Saturday, April 20Nepali News Portal

हालसम्म ७८ जना भेन्टिलेटरमा र २८३ जना संक्रमित आईसीयूमा उपचाररत

    मा प्रकाशित

कनिका खबर
कार्तिक १६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ३६१ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयूर भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र २८३ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८० जना आईसीयू र ५८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ३९ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा २९ जना आईसीयू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा ११ आइसियुमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आईसीयू र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा १५ आईसीयू र २ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आईसीयू उपचाररत रहेका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्