नेकपाको विवाद फेरि उत्कर्षमा, दोस्रो तहका नेता विवाद मिलाउन सक्रिय – Kanika Khabar
Saturday, January 17Nepali News Portal

नेकपाको विवाद फेरि उत्कर्षमा, दोस्रो तहका नेता विवाद मिलाउन सक्रिय

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि विभाजनको नजिक पुगेको भन्दै बिभिन्न गुटका शीर्ष नेता अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन छलफलमा जुटेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू हिजो प्रचण्ड निवास खुमलटारमा भेला भएका थिए । भेलाले नेकपालाई फुटबाट जोगाउनुपर्ने निष्कर्ष निकालेको छ । बैठकमा प्रधानमन्त्री ओलीले पार्टी अलग गरेर जाउँ भनेर प्रस्ताव गरेको अध्यक्ष प्रचण्डले अरु नेतालाई जानकारी गराउनुभएको थियो । ओली पक्षका नेताहरूले भने पूर्व एमालेबीच देखिएको ध्रुविकरण मिलाउनका लागि पुराना नेता प्रदीप नेपालसँग अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीका सल्लाहकारहरू सूर्य थापा, राजन भट्टराई, विष्णु रिमाल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्य मन्त्री शङ्कर पोखरेललगायत नेताहरू हिजो नेता नेपालको निवासमा पुग्नुभएको थियो । सीआईएनसँग कुराकानी गर्दै नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्ले भने नेकपामा तत्काल फुटको स्थिति नभएको टिप्पणी गर्नुभयो । पार्टीलाई फुटबाट जोगाउनका लागि सबै नेताकार्यकर्ता एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्