संसद अधिवेशन बोलाउने बारेमा काँग्रेसले आज निर्णय गर्ने – Kanika Khabar
Saturday, April 27Nepali News Portal

संसद अधिवेशन बोलाउने बारेमा काँग्रेसले आज निर्णय गर्ने

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, काठमाडौं
पार्टीभित्रको विवाद र वर्तमान राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अनौपचारिक बैठक आज बस्दैछ । बैठकमा संसद अधिवेशन बोलाउने बारेमा समेत छलफल हुने काँग्रेस सहमहामन्त्री प्रकाशसरण महतले सीआईएनसँग बताउनुभयो । आजको बैठकबाट संसद अधिवेशनको बारेमा निर्णयमा पुगिने पनि उहाँको भनाइ छ । दसैँअघिको अनौपचारिक बैठकले नै संसदको अधिवेशन बोलाउने निर्णय काँग्रेसले गरिसकेको थियो । काँग्रेसको केन्द्रीय समितिको बैठक यही कात्तिक २१ का लागि बोलाइएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका विषय र महाधिवेशनको तयारीका बारेमा छलफल गर्न पदाधिकारी, पूर्वपदाधिकारीसहितको बैठक आजका लागि बोलाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्