कोरोना संक्रमितसँग धरौटी लिने निर्णय शुक्रराज अस्पतालले फिर्ता लियो – Kanika Khabar
Friday, January 23Nepali News Portal

कोरोना संक्रमितसँग धरौटी लिने निर्णय शुक्रराज अस्पतालले फिर्ता लियो

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, काठमाडौं

स्वास्थ्य मन्त्रालयको निर्देशनपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमितसँग भर्ना हुनुअघि धरौटी रकम नलिने जनाएको छ ।

अस्पतालले सोमबार एक विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार कोरोना संक्रमितसँग भर्ना हुँदा धरौटी रकम बुझाउनु नपर्ने प्रावधान कार्यन्वयन गर्ने जनाएको हो ।

अस्पतालले सोमबारदेखि नै सबै वार्ड र काउण्टरलाई पत्राचार गरी धरौटी रकम नलिन निर्देशन दिइएको अस्पतालका निर्देशक डाक्टर सागर कुमार राजभण्डारीले विज्ञप्ति माफर्त जानकारी दिएका छन् ।

अस्पतालले धरौटी अभावमा हालसम्म बिरामीलाई उपचार सेवा पाउनबाट बञ्चित नगराइएको पनि स्पष्ट पारेको छ ।

यस्तै स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार शुल्क तिर्न सक्ने बिरामीले शुल्क तिर्ने र नसक्ने बिरामीहरुको निशुल्क उपचार गर्ने पनि अस्पतालले जनाएको छ ।

शुक्रराज अस्पतालमा भर्ना हुने विपन्न, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, अति अपाङ्गता, अशक्त एकल महिला, असाहाय, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सरसफाई कर्मचारीको भने निशुल्क उपचार हुने जनाइएको छ ।

यस्तै अस्पतालमा भर्ना हुने कोरोना संक्रमितलाई खाना, औषधी तथा ल्याव र अन्य उपलब्ध परीक्षणहरु निशुल्क गरिने व्यवस्था कायमै रहेको पनि जनाएको छ ।

यस्तो छ अस्पतालबाट जारी सूचना

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्