नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Thursday, August 13Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा १३ हजार ४४६ जनाको पीसीआर गरिएको छ ।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ थियो ।

२४ घण्टामा थप ३१५० जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३१५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि आइतरको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३४ हजार ८४२ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्