बागलुङ बजारमा एक साताका लागि लकडाउन – Kanika Khabar
Saturday, April 27Nepali News Portal

बागलुङ बजारमा एक साताका लागि लकडाउन

    मा प्रकाशित

कनिका खबर
कार्तिक १८, बागलुङ
बागलुङ बजारमा एक हप्ता लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले गएरातिदेखि कार्तिक २४ गते रातिसम्म लकडाउन गर्ने निर्णय गरेको छ । बागलुङ उद्योग बाणिज्य संघले आइतबार अनुरोध गरेपछि बागलुङ नगरपालिकाले पनि प्रशासनमा बन्दबन्दी गराउन सिफारिस गरेको थियो । सोही अनुसार अनुसार बानपा वडा नं। १, २, ३ र ४ को क्षेत्रमा लकडाउन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकृत धिरेन्द्रराज पन्तले बताउनुभयो । बन्दाबन्दी अवधीमा अत्यावश्यक बाहेकका व्यवसाय, पसल, शैक्षिक संस्था, सवारी साधन समेत बन्द गराउने निर्णय भएको पन्तले बताउनुभयो । प्रेस पास भएका सवारी र एम्बुलेन्स, औषधिजन्य वस्तुको ढुवानी, अत्यावश्यक सामग्री दूध र फलफूलका गाडी भने संचालन हुने छन् । दैनिक उपभोग्य बस्तु खरिदका लागि बिहान ७ देखि ९ बजेको समय सिमा तोकिएको छ । कोरोना संक्रमित बढेपछि जिल्ला संकट व्यवस्थापन समितिले बागलुङ नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्मका मुख्य बजारमा एक साताका लागि लकडाउन गरेको छ । सोमबार बसेको सर्वपक्षिय र जिल्ला संकट व्यवस्थापन समितिले सुरक्षा समितिलाई निषेधाज्ञा लगाउन पनि सिफारिस गरेको छ । सदरमुकाम आसपासका सबै आइसोलेसन भरिएर होम आइसोलेसनमा समेत संक्रमित राख्नु परेपछि बागलुङ नगरपालिकाले पनि निषेधाज्ञा जारी गरिदिन प्रशासनलाई सिफारिस गरेको थियो । बागलुङ उद्योग वाणिज्य संघले निवेदन लेखेर प्रशासन र नगरपालिकालाई लकडाउन गराउन आग्रह गरेका थिए । समितिको तथ्यांक अनुसार जिल्लामा १ सय ७० सक्रिय संक्रमित छन् । तीमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा मात्रै १ सय २१ सक्रिय संक्रमित छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार अहिले सम्म ९ हजार ७ सय ४३ जनाको पीसीआर गरिएको छ । तीमध्ये अझै ३ सय ९४ जनाको रिपोर्ट आउन बाँकी छ । संक्रमित मध्ये ४८ जना होम आइसोलसनमा छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्