नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
कार्तिक १८, काठमाडौं

नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० थियो ।

२४ घण्टामा थप ३१४२ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

No description available.

No description available.No description available.No description available.No description available.No description available.

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्