कनिका संवाददाता
३१ बैशाख, दाङ ।
कुटनीतिक वार्ताको माध्यमबाट नै भारतसँग सीमा विवाद समाधान गर्न सकिने सुझाव बुधबार बसेको सर्वदलीय बैठकमा नेताहरुले प्रधानमन्त्रीलाई दिएका छन् । आज बसेको सर्वदलीय बैठकमा भारसँगको सीमा समस्या समाधान गर्न जति सक्दो चाँडो कुटनीतिक वार्ता गर्न नेताहरुले सुझाएका छन ।
सरकारले सिमा समस्या समाधानका लागि चालेका कदममा साथ दिने प्रतिवद्धता जनाउदै सरकारलाई आफ्नो अडान वाट पछि नहट्न नेताहरुले भनेका छन् । पूर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले सरकारको हरेक प्रभावकारी कदममा साथ रहने विश्वास दिलाएका छन ।
तर नेताहरुले सरकारको कदम प्रभावकारी हुन नसकेको गुनासो सर्वदलिए वैठकमा गरेका छन् । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले वक्तव्यबाजी गर्नुको साटो उच्चस्तरमा सार्थक सम्वाद गर्न आग्रह गरे ।
राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले सरकारले तदारुकता देखाउ नसकेको र अब भित्र कुरा नलुकाई जनताको विश्वास लिदै अविलम्व भारतसँग कूटनीतिक माध्यमबाट सम्वाद गर्नमा ढिलाई गर्नु नहुने सुझाएका छन ।
यसैगरी पूूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले अन्तरिक रुपमा राष्ट्रवादको कार्ड नखेल्न र उच्चस्तरीय राजनीतिक आयोग बनाएर काम गर्न सुझाएका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विश्वासमा लिनुपर्ने उनको जोड थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले राष्ट्रिय हितमा प्राप्त भएको एकताका लागि धन्यवाद दिएका छन् र यो विश्वास सधैभरी कायम रहने विश्वास व्यक्त गरेका छन् । ‘पूर्खाहरुले लडेर बचाएको नेपालाई हामीले अडेर बचाउनुपर्छ’ बैठकमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकार राजनीतिक दल र जनताको साथ लिएर अगाडि बड्नेछ ।’