चाडबाडका बेला बजार अनुगमनमा तिब्रता – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

चाडबाडका बेला बजार अनुगमनमा तिब्रता

    मा प्रकाशित

कनिका खबर
कार्तिक १९, काठमाडौं
अछामको पञ्चदेवल विनायक नगरपालिकाले दशैँ तिहारको बिचमा छड्के चेक जाँच र अनुगमनलाई तिव्रता दिएको छ । मापदण्ड विपरित तथा इजाजत बिनै सञ्चालित व्यवसायहरूको पुनः निरिक्षण तथा चाडपर्व लक्षित गरि बजार अनुगमनमा नगरपालिकाले तिव्रता दिएको हो । आइतवारबाट निरन्तर अनुगमन गरेको नगरपालिका र इलाका प्रहरी कार्यालयको एक टोलीले अनुगमनका क्रममा वडा नम्वर २ पञ्चदेवल बजार नजिकै मध्यपहाडी सडकखण्डमै रहेको दर्ता नगरिएको बिनोद बस्नेतको पसलबाट ३६ बोत्तल बियर, घरेलु मदिरा २० पोका, वडा नम्वर ३ पब्लिक भञ्ज्याङ स्थित बुढा होटलबाट कमसल मदिरा ओरेन्ज सोफी १८ पेटी बरामद गरेको छ । प्रमुख प्रसाशकिय अधिकृत पदम माझीका अनुसार नरपालिकाद्धारा पटक पटक चेक जाँच तथा अनुगमन गर्दै सूचना प्रवाह गर्दा पनि स्थानीय व्यापारीहरूले पालिकाको निर्देशन अटेर गरेका छन् । सोमबार बिहान अनुगमन गर्दा सुन्तलाबाडी नजिकै ढकाल जनरल स्टोरबाट इजाजत बिना बिक्रीका लागि राखिएको अवस्थामा बियर ४५ बोत्तल, भर्जिन २ पेटी, रेन्बो २ पेटी,डायमण्ड १ पेटी र नजिकै रहेको तिर्थराज ढकालको पसलबाट बियर ९ बोत्तल, घरेलु मदिरा २९ पोका बरामद गरि कानुनबमोजिम कारबाही गरिएको माझीले रेडियो पञ्चदेवललाई जानकारी दिनुभयो । दशैँ तिहारमा बिकृतीजन्य घटना मदिराकै कारण घट्न सक्ने भन्दै नगरपालिकाकाले बजार अनुगमनलाइ तिव्रता दिइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्