धादिङमा छुट्टाछुट्टै दुर्घटनामा परि ७ जना घाईते – Kanika Khabar
Friday, April 26Nepali News Portal

धादिङमा छुट्टाछुट्टै दुर्घटनामा परि ७ जना घाईते

    मा प्रकाशित

कनिका खबर
कार्तिक १९,  धादिङ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा हिजो विहान भएको दुर्घटना परि घाईते भएका ५ मध्ये ३ जनाको काठमाण्डौंमा उपचार भइरहेको छ । दुर्घटनामा परि घाईते भएका त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ सल्यान्टारका ३४ बर्षीय सुरेन्द्र श्रेष्ठ, गल्छी गाउँपालिका वडा नम्बर १ घरभई धादिङवेशीं बस्दै आउनुभएका ३० वर्षिय विनोद खतिवडा र नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का आइते नेपालीको काठमाडौ स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । घाईते श्रेष्ठ मुक्तीनाथ विकास वैंकका क्षेत्रिय प्रवन्धक हुन् भने खतिवडा मुक्तीनाथ विकास वैंक धादिङ शाखाका प्रवन्धक हुन् । अन्य घाईते २ जना भने धादिङ अस्पतालमा सामान्य उपचार पश्चात घर फर्किएका छन् । धादिङवेशींबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कारपियो सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको थियो । घाईतेहरुको प्रहरी, स्थानीय युवाहरु लगायत स्थानीय बासीको सहयोगमा उद्वार गरिएको थियो । यस्तै, नीलकण्ठ नगरपालिका वडा नम्बर ९ स्थित पाल्पा भञ्ज्याङमा हिजो दिउँसो मोटरसाईकल दुर्घटना हुँदा १ जना घाईते भएका छन् । बा ७८ प ७४१३ नम्बरको मोटरसाईकल सडकमा अनियन्त्रीत भई आँफै दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईते हुनेमा सिन्धुली जिल्ला कमलामाई नगरपालिका ३ स्थायी घर भई हाल पाल्पा भञ्ज्याङ स्थित एक विद्यालयमा लेवर काम गर्दै आएका २१ वर्षिय सोवित तामाङ रहेका छन् । घाईते तामाङलाई धादिङ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाण्डौं स्थित ट्रमा सेन्टर पठाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यसैबीच, पृथ्वी राजमार्ग अन्र्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ सिम्ल स्थित डाङडुङे पुल नजिकै मोटरसाईकललाई ट्रकले ठक्कर दिँदा एक जना गम्भीर घाईते भएका छन् । हिजो दिउँसो २ बजे काठमाडौबाट मलेखुतर्फ आउँदै गरेको ना ३ ख ६०६१ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरको बा २९ प ८७८३ नम्बरको मोटरसाईकललार्ई ठक्कर दिँदा मोटरसाईकल चालक थाँक्रे गाउँपालिका वडा नम्बर १ का २२ वर्षिय शंकर तामाङ गम्भीर घाईते भएका छन् । गम्भीर घाईते तामाङको पनि काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालक पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने २७ वर्षिय सरोज कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक लोकनाथ तिमिल्सीनाले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्