कनिका खबर
कार्तिक १९, काठमाडौं
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगर क्षेत्रभित्रका विभिन्न सार्वजनिक र भीडभाड हुने स्थलहरूमा भइरहेको निःशुल्क खाना खुवाउने कार्यप्रति काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभएको छ । आज पत्रकार सम्मेलन गर्दै मेयर शाक्यले महानगरवासीको स्वस्थ जीवनप्रति संवेदनशील भएको पनि बताउनुभएको छ । कोरोनाका कारण प्रभावित भएका काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्नेलाई काठमाडौं महानगरपालिकाले सुरुदेखि नै सहयोग गर्दै आइरहेको पनि मेयर शाक्यले दाबी गर्नुभयो । लकडाउन अवधिभर काठमाडौं महानगरपालिकाले १ लाख ५० हजारभन्दा बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाएको शाक्यको भनाइ छ । विश्वमै सास्कृतिक शहरको रुपमा चिनिएको काठमाडौं जथाभावी सडकमा नै राखेर खाना खुवाउदा मागि खाने शहरको रुपमा परिचित हुन थालेको भन्दै चिन्ता व्यक्त गर्नभयो । कोरोना महामारीका कारण रोजगारी गुमी केही समयका लागि हातमुख जोड्ने समस्याले पेट भर्नकै लागि ताँती लागेका नागरिकहरूको निर्दोष अनुहारलाई सामाजिक सञ्जाल लगायतमा व्यापक बनाउँदा कसैलाई क्षणिक लाभ पुगे पनि सम्बन्धित नागरिकको आत्मसम्मानलाई आघात पु¥याउने कुराप्रति सबै सचेत हुनुपर्ने भन्दै उहाँले जथाभावी खाना नखुवाउन अनुरोध गर्नुभयो ।
मा प्रकाशित


