भक्तपुर जिल्लामा ८८ प्रतिशत सङ्क्रमित होम आइसोलेसनमा – Kanika Khabar
Monday, November 23Nepali News Portal

भक्तपुर जिल्लामा ८८ प्रतिशत सङ्क्रमित होम आइसोलेसनमा

    मा प्रकाशित

कनिका खबर
कार्तिक १९, भक्तपुर
भक्तपुर जिल्लामा हाल कोरोना सङ्क्रमितको संख्या ६ हजार ८९ पुगेको छ । सङ्क्रमित मध्ये महिला २६३३ र पुरुष ३४५६ रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको पछिल्लो तथ्यांक अनुसार ७५ जना सङ्क्रमितको मृत्यु भएको छ । मृतक मध्ये १ दशमलब १६ प्रतिशत सङ्क्रिमतको मुत्यु भएको देखिन्छ । सङ्क्रमितमध्ये १४ सय ९४ जना होम आइसोलेसनमा रहेका छन् । होम आइसोलेनमा रहेकामा महिला ६ सय ३६ र पुरुष ८ सय ५८ जना रहेका छन् । अस्पतालमा १ सय ९४सङ्क्रमित रहेका छन् । ती सङ्क्रमित मध्ये महिला ८० र पुरुष ११४ जना रहेका छन् । संक्रिय सङ्क्रमितको संख्या १६८८ रहेको छ । सक्रिय सङ्क्रमित मध्ये ८८ प्रतिशत होम आइसोलेनमा रहेका छन् । सरकारले गम्भीर बिरामी भएमात्र अस्पताल भर्ना हुने नीति लिएकाले सामान्य लक्षण भएका र होम आइसोलेनमा बस्न सक्ने व्यक्तिहरुलाई घरमै राखिएको हो । यसरी होम आइसोलेनमा बसेकाहरुको सम्बन्धित स्थानीय तहले दैनिक स्वास्थ्य अवस्थाबारे जानकारी लिने गरेको जिल्ला स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्