होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई – Kanika Khabar
Friday, March 13Nepali News Portal

होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, काठमाडौं
सरकारले होम आइसोलेसेनमा बसेका सङ्क्रमितहरूलाई परामर्श दिने जिम्मा ल्याबलाई दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले टेलि काउन्सेलिङ अर्थात् टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको हो । ल्याब सञ्चालन गर्ने अस्पताल वा मेडिकल कलेजले आफैं र अरुले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । मन्त्रालयको तथ्याङ्क अनुसार हाल ३० हजारभन्दा बढी कोरोना सङ्क्रमित होम आइसोलेसन अर्थात् घरमै छन् । होम आइसोेलेसनको अनुमति दिँदा स्थानीय तहका स्वास्थ्यकर्मीहरूले निगरानी गर्ने निर्णय भएको थियो । तर यो कार्यान्वयन हुन नसकेपछि अब प्रयोगशालाको जिम्मामा छाडिएको हो । सरकारले नेपाल प्रहरी अस्पताललाई ३ सय वेडको कोभिड अस्थायी अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्