८ जना स्थानीयलाई टोकेको कुकुर मरेपछि रेविजको डर – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

८ जना स्थानीयलाई टोकेको कुकुर मरेपछि रेविजको डर

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको जलविरे क्षेत्रमा एउटै कुकुरले आज ८ जनालाई टोकेर कुकुर समेत मरेपछि स्थानीय रेबिज रोग लाग्ने डरमा त्रसीत भएका छन् । बहुलाएको जस्तो लाग्ने कुकुरले विभिन्न स्थानका ८ जनालाई टोकेर मरेपछि स्थानीय त्रसीत बनेका हुन् । उक्त कुकुरले चौतारा साँगाचोकगढी नगरपालिका–२, शेरामा तीन जना पुरुषलाई टोकेको थियो । त्यसलगतै पुल तरेर बलेफी गाँउपालिका–२ को जलविरेमा पुगेको कुकुरले दुइ महिला र १ बालकलाई टोकेको थियो । कुकुरले मानीस टोक्दै भाग्न थालेपछि स्थानीयले समात्न खोज्दा कुकुर जुगल गाँउपालिकातर्फ लागेको थियो । जलविरेमा रहेको प्रहरी कार्यालयका प्रहरीले कुकुर केही समय नियन्त्रणमा लिएको भए पनि फेरी छोडिदिदाँ त्यसै कुकुरले जुगल गाँउपालिका–१ को बासिम्लेमा समेत १ महिला र १ बालीकालाई टोकेको थियो । त्यहाँबाट पनि भागेको कुकुर केही समयपछि बासिम्ले नजिकैको कुमाले भन्ने स्थानमा मृत अवस्थामा फेला परेको थियो । कुकुरले ८ जनालाई टोकेपछि नजिकैको जलविरे प्राथमीक स्वास्थ्य केन्द्रमा सबैलाई उपचारका लागि लगिएको थियो । घाउको उपचार भए पनि रेविजविरुद्धको खोप भने केन्द्रमा नभएपछि स्थानीय झन् त्रसीत बनेका थिए । पछि स्थानीयले नगद संकलन गरि जिल्ला अस्पताल चौताराबाट १५ थान रेविजविरुद्धको खोप किनेर लगेको जलविरेका स्थानीय दिपक थापाले बताउनुभयो । स्वास्थ्य केन्द्रमा रेफ्रिजेरेटर नहुँदा खोप राख्न नसकिएको बलेफी गाँउपालिका स्वास्थ्य शाखा प्रमुख सुरेश शाहले बताउनुभयो । स्वास्थ्य कार्यालयमा समेत खोप नहुँदा जिल्ला अस्पताल, चौतारालाई अनुरोध गरि खोप खरिद गरिएको हो । रेफ्रिजेरेटर खरिद गर्न गाँउपालिकाले टेन्डर गरेको भए पनि कुनै पनि ठेकेदारले टेन्डर नहालेको कारण योजना अलपत्र परेको उहाँले बताउनुभयो । अहिले उनीहरु सबैलाई जिल्ला अस्पतालबाट लगिएको खोप लगाएर घाउको लागि आवश्यक औषधी दिएर डिस्चार्ज गरिसकीएको उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्