अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम अझै आउन सकेन – Kanika Khabar
Monday, May 25Nepali News Portal

अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम अझै आउन सकेन

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, दाङ
अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम अझै आउन सकेको छैन । ३ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको डेमोक्रेटका तर्फबाट उम्मेदवारी दिनुभएका जो बाइडनले अग्रता लिइरहनुभएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २ सय ७० मतको आवश्यकता पर्छ । जसमा बाइडनको २ सय ६४ मत रहेको छ भने रिपब्लिकनको तर्फबाट उम्मेदवार बन्नुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको २ सय १४ मत रहेको छ । ५० राज्यमा भएको निर्वाचनमा अहिलेसम्म ७५ प्रतिशत मतगणना सम्पन्न भएको छ । अहिले ६ राज्यमा मतगणना जारी रहेको छ । जसमा अधिकांश राज्यमा ट्रम्पले अग्रता लिइरहनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्