प्रचण्डसहितका नेकपाका ५ नेताले आज प्रधानमन्त्रीलाई सामूहिक भेट्दै – Kanika Khabar
Sunday, March 15Nepali News Portal

प्रचण्डसहितका नेकपाका ५ नेताले आज प्रधानमन्त्रीलाई सामूहिक भेट्दै

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूले आज प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुहुने भएको छ । अध्यक्ष प्रचण्डले बोलाउनुभएको हिजोको सचिवालय बैठकमा सहभागी पाँच सदस्यले आज प्रधानमन्त्री ओलीसँग सामुहिक भेटघाट गरी परामर्श गर्ने तय भएको हो । हिजोको बैठकमा अध्यक्ष प्रचण्डले ओलीसँगको छलफलमा अहिलेसम्म भएको भेटका विषयमा जानकारी गराउनुभएको थियो । नौ जना सदस्य रहेको सचिवालयमा हिजो पाँच जनाको सहभागिता रहेको नेता झलनाथ खनालले बताउनुभयो ।खनालका अनुसार सामूहिक भेट आज विहान ९ बजे तय भएको छ ।पार्टीलाई जीवन्त बनाउन र सरकारको काम कारवाही समेत प्रभावकारी बनाउन पार्टीको नियमति बैठक अनिवार्य रहेको बताउनुहुँदै नेता खनालले पार्टी बैठकबारे आज प्रधानमन्त्रीसँग छलफल गरिने बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्