राप्तीमा जनशक्तिको अवस्थाको वारेमा पद सर्वेक्षण – Kanika Khabar
Sunday, January 18Nepali News Portal

राप्तीमा जनशक्तिको अवस्थाको वारेमा पद सर्वेक्षण

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
कार्तिक २२, दाङ ।

राप्ती गाउँपालिकामा आगामी दिनका लागि लक्षित गर्दै पद सर्बेक्षण गरिएको छ ।
लुम्विनी प्रदेशको राजधानीको केन्दको रुपमा रहेको राप्ती गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय अन्तरगतका विभिन्न शाखा, उपशाखाहरुका लागि आवस्यक स्थाई, अस्थाई, करार, जनशक्तिको अवस्थाको वारेमा पद सर्बेक्षण गरिएको हो ।
हाल राप्ती गाउँपालिकाको प्रशासन, योजना तथा अनुगमन शाखा, ९ वटा वडा कार्यालयहरु, पुर्वाधार विकास तथा बातावरण ब्यवस्थापन शाखा, सामाजिक विकास शाखा सामाजिक सुरक्षा तथा पञ्जिकरण ईकाई, शिक्षा, युवा तथा खेलकुद शाखा, आन्तरिक लेखा परिक्षण ईकाइ, आर्थिक प्रशासन शाखा, आर्थिक विकास शाखा, कृषि सेवा शाखा, पशु सेवा शाखा, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी लगायतको अन्य शाखाका लागि आवस्यक कर्मचारीका लागि पद सर्बेक्षण गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको सर्बेक्षण छलफल कार्यक्रममा संघीय तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव शालिकराम दाहाल तथा अधिकृत दशरथ वडले कर्मचारी तावितका वारेमा जानकारी गराएका थिए ।
हाल राप्ती गाउँपालिकामा कार्यारत कर्मचारी तथा ब्यवस्थापनका सहजता तथा असहजताका वारेमा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले छलफलमा जानकारी गराएका थिए । माग भै आएका कर्मचारीहरुका वारेमा सम्वन्धित मन्त्रालयमा मागका लागि गाउँसभाले पास गर्नुपर्ने प्रवधान रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्