थापाद्वारा लिखित ‘नाकावासीका सपना’ काे विमाेचन – Kanika Khabar
Monday, August 10Nepali News Portal

थापाद्वारा लिखित ‘नाकावासीका सपना’ काे विमाेचन

    मा प्रकाशित

कनिका खबर

२२ कार्तिक, दाङ ।

नेपाल स्तम्भकार समाज दाङकाे आयोजनामा आज दाङ घोराहीमा साहित्यकार नीमबहादुर थापा ‘नूरदेव’ द्वारा लिखित “नाकावासीका सपना” नामक पुस्तकाकार कृतिकाे विमाेचन गरिएको छ । समाजका अध्यक्ष के.वी.मसालकाे अध्यक्षतामा सन्चालित कार्यक्रमका प्रमुख‌ अतिथि तथावरिष्ठ साहित्यकार डा.अमर गिरी तथा विशिष्ट अतिथि अग्रज पत्रकार एवं साहित्यकार नारायणप्रसाद शर्माले उक्त कृतिकाे लाेकार्पण गरेका थिए ।

कृतिको समीक्षा देउखुरी साहित्यिक मञ्चका अध्यक्ष एवं साहित्यकार हरि पाेखरेलले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि डा. अमर गिरी, विशिष्ट अतिथि नारायणप्रसाद शर्मा, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, दाङ साहित्य तथा सँस्कृति प्रतिष्ठानका सचिव शेषमणि रिजाल, राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष कमलमणि देवकोटा, नागरिक समाज दाङका संयाेजक चन्द्रराज पन्त, रेडियो मध्यपश्चिम दाङका अध्यक्ष मधुसूदन वैद्य, प्रलेस नेपालका केन्द्रीय सदस्य शरद अधिकारी, प्रलेस नेपाल प्रदेश नं. पाँचका संयाेजक केशव थापा, साहित्यकार डा.कृष्णराज डीसी लगायतले शुभेच्छा प्रकट गरेका थिए भने समाजका अध्यक्ष के.वी.मसालले सबैलाई धन्यवाद दिएका थिए ।

नेपाल स्तम्भकार समाज दाङका उपाध्यक्ष समेत रहेका लेखक नीमबहादुर थापाकाेे स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण उक्त समाजका सचिव पद्मप्रसाद शर्माले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्