‘म बैठक बोलाउन्नँ । किन बोलाउने ? : प्रधानमन्त्री ओली – Kanika Khabar
Sunday, January 18Nepali News Portal

‘म बैठक बोलाउन्नँ । किन बोलाउने ? : प्रधानमन्त्री ओली

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, काठमाडौँ ।
नेकपाभित्रको विवाद समाधानका लागि विकल्प खोज्न जुटेका शीर्ष नेताबीच बालुवाटारमा चर्काचर्की भएको छ । पार्टी एकतालाई बचाउन तथा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन गर्दै आएको आनाकानीका कारण प्रचण्ड पक्षधर नेताहरु आक्रोशित भएका छन् ।

प्रधानमन्त्रीलाई बालुवाटारमा भेटेर सामूहिक अनुरोध गर्न आज शनिबार धुम्बाराहीमै भेला भएर शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । तर, आजको प्रयास पनि त्यति सकारात्मक हुन सकेन । भेटका क्रममा भएको विवाद र चर्काचर्कीले पार्टीलाई झनै गम्भीर मोडमा लगेको छ । नेकपाभित्रको विवाद झनझन बाक्लिदै जान थालेको छ ।
सचिवालयका एक नेताका अनुसार बालुवाटारमा पुगेका प्रचण्डसहितका नेताहरुसँग ओली आक्रामक रुपमा प्रस्तुत भएका थिए ।
स्रोतका अनुसार ‘म बैठक बोलाउन्नँ । किन बोलाउने ? मेरा विरुद्ध गुटबन्दी गर्ने ? मलाई असफल पार्न खोज्ने ?’ ओलीले आक्रोश पोखेका थिए ।
ओली आक्रामक रुपमा प्रस्तुत भएपछि प्रचण्डपनि जंगिएका थिए । उनले गुटबन्दीको आफूहरुले नभइ ओलीबाटै भएको जवाफ फर्काएका थिए ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकता रक्षा गर्नका लागि समयमै समग्र विषयमा छलफल गर्न बैठक आवश्यक रहेकाले प्रधानमन्त्रीलाई लिखित जानकारी गराइएको  बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्