सञ्चारकर्मी वलविर नेपालीद्वारा जीवन रक्षा गरिदिन अपील – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

सञ्चारकर्मी वलविर नेपालीद्वारा जीवन रक्षा गरिदिन अपील

    मा प्रकाशित

कनिका खबर
घोराही, २२ कार्तिक ।

विगत लामो समयदेखि सञ्चारकर्मीको रुपमा काम गर्दै आईरहेका वलविर नेपाली अहिले जीवन र मृत्युसँगडरहेका छन् । उनले आफ्नो जीवन रक्षाका लागि सहयोग गरिदिन अपील गरेका छन् । हिजोको दिनमा दिन दुखी र बेसाहारका आवाजलाई सामाजिक सञ्जालमार्फत् देश तथा विदेशमा पुराई सहयोग जुटाईदिने वलविर अहिले हस्पिटलको वेडबाट सहयोगको माग गर्दै छन् । उपचारमा अर्थिक अभाव देखिएपछि वलविरले आफुलाई सहयोग गर्न समाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आग्रह गरेका हुन् ।

दाङको गोर्खा पब्लिक हस्पिटलको आपतकालीन वार्डमा भर्ना भएका छन् । रोल्पाको रुन्टिगढी गाउँपालिकाका वलविर नेपालीलाई मृगौलामा समस्या देखिएको छ । सोही समस्याका कारण अहिले वलविरको मुखसहित पूरा शरीर सुनिएको छ । केही समय पहिले भारतमा पुगेर सहयोग उठेको भारतीय रकम ५५ हजार वरावरको औषधी लिएको उनी नेपाल फर्केका थिए । औषधि सेवनले वलविरमा केही सुधार आए पनि पुनः अहिले पूरै शरीर सुनिएको छ । अहिले अर्काे औषधि चलाईएको छ ।

क्रिटिनिन (मृगौलाले काम नगरेपछि रगतमा देखिने वेस मेटरियल) को मात्रा बढेपछि यस्तो समस्या आफुमा देखिएको उनले बताए । विगतमा दाङको रेडियो गणतन्त्र र रेडियो झरना एफएममा प्राविधिकको रुपमा काम गरेका वलविर नेपाली पछिल्लो समयमा बास्तविक नामक युटुव च्यानलको सञ्चालकको रुपमा काम गर्दै आएका छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्