इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जित – Kanika Khabar
Friday, November 13Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको जित

    मा प्रकाशित

कनिका खबर
कार्तिक २३, दाङ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । स्टामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीले सेफिल्ड युनाईटेडलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम, बेन चिलवेल, थियागो सिल्भा र टिमो वेर्नेरले एक एक गोल गर्नुभएको थियो । सेफिल्डका डेभिड म्याकगोल्ड्रिकले एक गोल फर्काउनुभएको थियो । जितसँगै चेल्सी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेल्सीले ८ खेलमा १५ अंक जोडेको छ ।सेफिल्डको यो सातौं हार हो । १ अंक जोडेको सेफिल्ड पुछारमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा क्रिस्टल प्यालेसले लिड्स युनाईटेडलाई ४–१ ले पराजित गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्